काठमाडौं, मंगलबार, ८ असार २०७८ । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पार्टी प्रवेश गरेका ५५ जनालाई महासमिति सदस्य पदमा समायोजन गरेको छ ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा राप्रपाका तत्कालीन महामन्त्री सुनिल थापा नेतृत्वमा कांग्रेस प्रवेश गरेका उनीहरुलाई महासमिति पदमा समायोजन गरिएको जनाइएको छ ।











































