काठमाडौं, सोमबार, ७ असार २०७८ । वीरगञ्जमा नेपाली सेनाको चण्डीप्रसाद गणका एक सिपाहीले आफैंमाथि गो’ली हानेका छन् । आफैले बोकेको एन १६ राइफलबाट आफैलाई गो’ली हानेर आ’त्मह’त्या गर्ने प्रयास गरेको सैनिक स्रोतले बतायो ।
आइतबार राति करिब साढे ८ बजेको समयमा ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहानले गो’ली प्रहार गरेका हुन् ।
पोखरिया नगरपालिका वडा नम्बर-५ घर भएका उनी राइफलमा गो’ली हालेर ड्युटीमा बसेका थिए । चिउँडो मुनिबाट आँखाको मुनिबाट नस्किने गरि गो’ली हानेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
उनको अहिले नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भैरहेको छ । उनी ग’म्भीर घा’इते भएको प्रहरीले जनाएको छ।
आफैलाई किन गो’ली हान्ने अवस्थामा पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








































