काठमाडौं, बुधबार, २ असार २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा २८२८ जनामा को’रोनाभाइरसको सं’क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०१४ र एन्टिजेन विधिबाट ८१४ जनामा सं’क्रमण पुष्टि भएको हो ।
यस्तै, आज थप ३ हजार ८२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ४३ हजार ५२१ पुगेको छ । निको हुनेको दर ८८.५ प्रतिशत छ ।
बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल सं’क्रमितको संख्या पीसीआरबाट ६ लाख १४ हजार २१६ र एन्टिजेनबाट २३ हजार २१७ जना पुगेको छ ।
आज सं’क्रमणबाट थप ५२ जनाको मृ’त्यु भएको छ । नेपालमा को’रोनाबाट ज्या’न गुमाउनको कुल संख्या ८ हजार ५५८ पुगेको छ ।








































