काठमाडौं, बुधबार, २ असार २०७८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढी-पहिरो प्रभावितहरुको सेवामा जुट्न पार्टीका नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
प्रचण्डले देशका विभिन्न स्थानमा बाढी-पहिरोले वितण्डा मच्चाइरहेको बताउँदै नेता-कार्यकर्ताहरुलाई आ–आफ्ना क्षेत्रबाट उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएका हुन् ।








































