गोरखा, बुधबार, २ असार २०७८ । गोरखाको भिमसेन थापा गाउँपालिका ४ धावाकी पम्फा परियारको घर बर्षाका कारण भत्किएको छ ।
त्यसैगरी, मझुवाको मस्र्याङ्दी पुलबाट मनकामना जाने सडक पनि क्षतिग्रस्त भएको छ । मस्र्याङ्दी नदीमा गएको पहिरोले सहिद लखन गाउँपालिका अन्तर्गत पर्ने सडक बगाएको हो ।
दरौँदी नदीमा आएको बा’ढीले बारपाक सुलीकोट गाउँपालिका ४ झोलुङे बजारको सुरेश सुनार र सन्तबहादुर बिकको घर जो’खिममा पारेको छ । दरौदीले बगाएर त्यहाँको १० मिटर सडक बगाएको प्रहरीले जनाएको छ ।
त्यस्तै दरौँदीनदीको बाढीले बगाएर सिरानचोक ४ सेराफाँटको करिब दुईसय रोपनी जग्गामा क्षति पुगेको छ । त्यहाँको एकसय ५० मिटर लामो नहर पनि बगाएको प्रहरीले जनाएको छ ।








































