काठमाडौँ, शुक्रबार, २८ जेठ २०७८ । भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
भारतीय राजदूत महामहिम श्री विनय मोहन क्वात्राले जङ्गी अड्डा (Grand Hall) मा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थितिमा कोभिड-१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ भारतीय सेनाद्वारा नेपाली सेनालाई भेन्टिलेटर, आइसीयु वेडहरु, पिपिइ सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयजङ्गी अड्डाले जनाएको छ ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा महारथी थापाले भारतीय महामहिम राजदूतलाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नु भयो ।








































