काठमाडौँ, शुक्रबार, २८ जेठ २०७८ । नारायण वाग्ले, खगेन्द्र संग्राैलासहितका १८ नागरिक अगुवा प’क्राउ परेका छन् ।
आफूहरू बालुवाटारबाट पक्राउ परेको र अहिले कमलपोखरी प्रहरीमा रहेको वाग्लेले जानकारी दिनुभयो ।
सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीवि’रुद्ध प्र’दर्शन गर्ने क्रममा आफूहरूलाई पक्राउ परेको वाग्लेको भनाइ छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायत विषयमा विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको उहाँले बताउनुभयो ।








































