काठमाडौं, बुधबार, २६ जेठ २०७८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा थपिएका सङ्क्रमितसँगै नेपालमा को’रोनाका कुल सङ्क्रमित छ लाख १५ हजार ६ सय ५२ पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा हाल ८० हजार ३ सय ३६ जनामा भाइरसको स’ङ्क्रमण सक्रिय छ । नेपालमा पछिल्लो चौबीस घण्टामा प्रति एक सय नमूनाको परीक्षण गर्दा २८.६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
नेपालमा को’रोनाभाइरसका तीन हजार ४ सय ४९ स’ङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नेपालमा १२ हजार ७४ नमूनाको पीसीआर परीक्षण गरिएकोमा तीन हजार ४ सय ४९ स’ङ्क्रमित थपिएका हुन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चार हजार ५६८ जनाको एन्टीजेन परीक्षण गरिएको जनाएको छ । जसमध्ये ८ सय ९५ को रिपोर्ट पोजेटिभ आएको छ ।
बुधबार चौबीस घण्टामा पाँच हजार ७६८ जना को’रोनामुक्त भएका छन् । हालसम्म पाँच लाख १० हजार २ सय ९८ सङ्क्रमित को’रोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८५.२ प्रतिशत पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार चौबीस घण्टामा ८१ जना सङ्क्रमितको मृ’त्यु भएको बताउनुभयो । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार १ सय ७९ जनाको मृ’त्यु भएको छ ।








































