काठमाडौँ, २५ जेठ २०७८ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारबिरुद्ध परेको रिटको पेशी न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा तोकिएको छ ।
मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठ, विरेन्द्रप्रसाद शाह र शालिकराम सापकोटाले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको पेशी खतिवडाको एकल इजलासमा परेको हो ।








































