काठमाडौँ, मंगलबार, २५ जेठ २०७८ । कोरोनाको दोस्रो लहरबाट सङ्क्रमित हुनेको सङ्ख्या दिनप्रतिदिन ओरालो लाग्न थालेको छ ।
तर,अझै जोखिम भने कम भइनसकेको अधिकारीहरूको भनाइ छ ।
मुलुकका ७५ जिल्लामा जारी नि´षेधाज्ञासँगै सरसफाइ, सचेतना, स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन र आवश्यक सतर्कताका कारण सङ्क्रमितको सङ्ख्या घट्न थालेको हो ।
देशभर दैनिक नौ हजारको हाराहारीसम्म पुगेको स´ङ्क्रमण अहिले तीन हजारको हाराहारीमा छ ।
गृह मन्त्रालयले कोरोना सङ्क्रमित र मृतकको सङ्ख्या घट्दै गए पनि जोखिम भने यथावत् रहेको स्पष्ट पारेको छ ।
पछिल्लो समय सहरी क्षेत्रमा भन्दा ग्रामीण बस्तीमा कोरोना सङ्क्रमण फैलिन थालेको छ । ती बस्तीमा पीसीआर परीक्षण पनि कम हुने गरेको पाइएको छ ।








































