काठमाडौं, सोमबार, २४ जेठ २०७८ । कर्णाली प्रदेशबाट सुरु भएको नेपाली काँग्रेसको सरकार यात्रा प्रदेश २मा पुग्ने भएको छ । प्रदेश २ सरकारमा नेपाली काँग्रेस सहभागी हुने भएको हो ।
नेपाली काँग्रेस प्रदेश २ का संसदीय दलको नेता राम सरोज यादवले प्रदेश २ सरकारमा नेपाली काँग्रेस सहभागी हुने करिब करिब निश्चित भएको बताए । ‘मुख्यमन्त्री ज्युसँग कुराकानी भइरहेको छ । हामी सरकारमा सहभागी हुने करिब करिब निश्चित भएको छ’ यादवले भने ।
स्रोतका अनुसार काँग्रेसबाट राम सरोज यादव नै सरकारमा जाने सम्भावना छ । ‘मेरो कुरा पनि आएको छ । अरू साथीहरूको पनि कुरा आएको छ । को जाने भन्ने टुङ्गो लागेको छैन’ यादवले भने । स्रोतका अनुसार माओवादीबाट भरत साह सरकारमा जाने भएका छन् । सोमबार साँझसम्म या मङ्गलवार दिउसोसम्म काँग्रेस सरकारमा सहभागी हुने सम्भावना रहेको यादवले बताए ।








































