काठमाडौं । काठमाडौं महानगरपालिकाले ६० देखि ६४ वर्ष उमेरका समूहका व्यक्तिलाई मंगलबारदेखि कोरोनाविरुद्धको भेरोसेल खोप (चिनियाँ खोप) को पहिलो डोज दिइने बताएको छ ।
यही जेठ २९ गतेसम्म भेरोसेलको पहिलो डोज लगाइने महानगरपालिकाले जनाएको छ । खोप लगाउने समय बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।
आफूलाई पायक पर्ने वडा कार्यालयमा गएर खोप लगाउन सकिने महानगरले जनाएको छ । खोप लगाउनका लागि उमेर खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ ।









































