काठमाडौं, २३ जेठ २०७८ । प्रतिनिधिसभा विघटनवि´रुद्धको रिटमाथि संवैधानिक इजलासमा बहस जारी छ ।
बहसका क्रममा सरकार पक्षका वकिलले प्रतिनिधिसभा विघटनका मुद्दा ११ न्यायाधीशले हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।
त्यस चेतावनीपछि महान्यायाधिवक्ता रमेश बडाल कड्किएका छन् ।
‘५ जना न्यायाधीश अस्ति जो इजलासमा बस्नुभयो उहाँहरुको आदेश मान्ने की नमान्ने भन्ने प्रश्न छ, यो अस्ति लेखेको राय के हो ? जेठ १८ गतेको इजलासको राय आदेशमा प्रधान न्यायाधीशको हस्ताक्षर खै ?
हाम्रो न्यायिक प्रणालीलाई हामीले कुन दर्जामा राख्ने ? निवेदकले प्रश्न उठाए ठिक अनि अरुले प्रश्न उठाउँदा चाहिँ कारवाहीको भागिदार हुनुपर्ने ?’ बडालले भने ।








































