Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०१:४२ बिहान
- ADVERTISEMENT -

चुरे तराइको सान हो मस्तिष्क हो, चुरे मास्नु प्रकृति र मानवता बिरुद्धको अपराध हो ।

प्रकाशित मिति: २०७८ जेठ २३, आइतबार

611
Shares

सन्तोष सिंखडा, गोरखा

गोरखा, २३ जेठ २०७८ । बडो आकर्षक ढङ्गले सपनाहरूको चाङ माथी लगाइ सुनौलो जलप अत्यन्तै राम्रैसंग लगाइएको बजेट झट्ट सुन्दा पढदा र बुझ्दा कर्णप्रीय नै छ ।

उक्त बजेटको अन्तर्गत कथा भने बेग्लै छ । अध्यादेश मार्फत ल्याइएको यो पुर्ण बजेट आफैमा विधि बिधान र लोकतान्त्रिक सस्कृती बिपरीत त छदैछ ।

चुनाबी हौवा सपनाहरू प्रतीबिम्बित गर्ने खालको बजेटले देशको बिकाश गर्छ कि पार्टीको घोषणा पत्रको ? एउटा गम्भीर प्रश्न पनि उब्जिएकै छ ।

बिगतका असफलताको ढाकछोपहरु गर्न प्रयत्न गरीएजस्तो लाग्ने आश्वासन नै आश्वासनको पुलिन्दा देख्दा जग नै नराखी महल हरु निर्माण गर्न खोजेजस्तै देखिन्छ ।

अर्थतन्त्र कोभिडको महामारीले थलिएको यो अत्यन्तै कठिन अवस्थामा बजेटको श्रोत जुटान निकै कठिन र कार्यनयनमा समस्या नै समस्या हुनेहुदा कामचलाउ सरकारका अर्थमन्त्री बिस्णु पौडेलले स्रोत जुटाउन चुरेका पहाडहरु फोरेर खानिजन्य ढुङ्गा गिटी बालुवा बिदेशतीर बेचेर व्यापार घाटा घटाउने र देश धनी बनाउने भन्ने कुरा गरेछ्न बजेटको १९९ बुदामा यो सरकारको देश धनी बनाउने चुरेको यो चुरो कुरानै सायद अहिले सबैभन्दा ठूलो चर्चा छ अब जाऔ ।

चुरेको अन्तर्य

चुरे क्षेत्र नेपालमा मात्रै नभएर भारत र पाकिस्तान सम्म नै फैलिएको छ चुरेको सबैभन्दा धेरै क्षेत्र नेपालमै पर्छ । नेपालको चुरे क्षेत्र भने पुर्बी इलाम देखि पश्चिम कंचनपुरसम्म ३६ वटा जिल्लामा झन्डै ८०० किलोमिटर फैलिएको छ यो नेपालको कुल भुभागको १२.७८ प्रतीशत हो !यो ढुङ्गा गिटी र गेग्रान ले बनेको कमलो मात्रै नभएर कान्छो पहाड पनि हो ।

चुरे क्षेत्र नेपाल, भारत र पाकिस्तानमा फैलिएको छ । चुरेको सबै भन्दाबढी क्षेत्र नेपालमा छ । पूर्व इलामदेखि पश्चिम कन्चनपुरसम्म ३६ वटा जिल्लाहरूमा झण्डै ८०० कि.मी. क्षेत्रमा फैलिएको नेपालको कुल क्षेत्रफल मध्ये १२ दशमलव ७८ प्रतिशत चुरेपहाड पर्छ। ‘चुरे गेग्रानले बनेको कमलो र कान्छो पहाड हो ।

यो चुरेको फेदभरी चारकोसे झाडी फैलिएको छ कमला खोलादेखि सप्तकोसी नदीसम्म पूर्वपश्चिम भएर फैलिएको चुरे वनक्षेत्र लोपोन्मुख प्रजातीका धेरै प्रकारका जिबजन्तुको पाइने ठाउँ हो तर बिडम्बना नै भन्नुपर्छ ।

अब यो चारकोसे झाडीमा धेरै बन छैन । जिबजन्तुहरु चोरी शिकारी र बासस्थानको अभाबमा नासिदैछ्न सरक्षाणको नाममा धेरै एन्जिओ आइएन्जिओ लागि परेता पनि सरक्षाणमा अत्यान्तै जटीलता देखिएकै छ विभिन्न सरकारी निहुमा चुरे र बनक्षेत्रमाथी बाराम्बार प्रहार भैरहेकै छ ।

चुरे तराईको सान हो । मस्तिष्क हो तर बिडम्बना पहुचवाला राजनितीकज्ञाको आडमा स्थानिय डनहरु र ठेकेदारले अबैधानिक रुपमा चुरेको मस्तिष्कमा डोजर चलाउन थालेको धेरै नै भयो ।

जसको असर अहिले तराइमा बसोबास गर्ने नागरीकको जिपनयापनमा देखिन थालेको छ एक दशक पहिले ३०/४० फिटको गहिराईमा नै पानी निक्लन्थ्यो आज १५० फिट गहिराइसम्म कलले पानी दिदैन । चुरेको अगाडिको भागमा बन देखियतापनी भित्री भाग खालि छ बनबिनासले दिनानुदीन गर्मी बढदैछ । चुरे बिनासको यो कहालीलाग्दो दिनहरु देख्दैगर्दा चुरे बिनासले तराइ मरुभूमि हुने दिनहरु नजिकिदै गर्दा यदि दुरदर्शिता नेतृत्वमा हुन्थ्यो भने त कडा कानुन बनाएर त्यहा हुने अबैध गतीबिधिलाइ चोरी निकासिलाई नियन्त्रण गर्नु पर्थ्यो त्यसको सट्टमा उल्टो बैधानिकता नै दिएर क्रसर उद्योगी पोसेर देश बर्बाद गर्ने नियत बास्तवमै गलत छ ।

बजेटबाटै बैधानिकता दिएर चुरेको ढुङ्गा गिटी र बालुवा भारतलाइ बेचेर हामी धनी हुने, र व्यापार घाटा कम गर्ने भनेर अनेकौ सपना जसरी आज बाडिएको छ । त्यसको अन्तर्य अझै गहन रुपमा खोज अनुसन्धान र विश्लेषण गर्ने हो भने छिमेकी रिझाएर सधै सत्तामा टासिरहन खोजेजस्तो देखिन्छ ।
ब्यक्तीगत स्वार्थ केन्द्रीत मनोभाबबाट ग्रसित देखिन्छ ।

छिमेकिको ललिपपमा भुलेजस्तो देखिन्छ । हिजो महाकाली नदिमाथी छिमेकिको हैकम चल्दा नेपाललाई १ खर्ब २०अर्ब आम्दानी हुन्छ भन्ने गरीन्थ्यो आज तेहि होहल्ला गरीर महाकालिमा छिमेकिलाइ गिद्देनजर लगाउन मरीमेटने मान्छे देशको प्रम हुनुहुन्छ ।

नेपालको प्राकृति स्रोत र साधनमा आजबाट नभै राणा र राजाहरुको पालादेखिनै छिमेकिको गिद्धेनजर रहि आएको छ । अँग्रेजले नेपालमा जँगबहादुर खडा गर्याे र सबै काठ लगी रेल बनाएको थियो ।

नेपालका बन्यजन्तु सिकार गरि त्यसको अाखेटाेपहार लगेर उनीहरुको दरवार सजाइन्थ्यो भन्ने गरीन्छ ।

त्यही नजिर अनुरुप आज गणतन्त्रमा पनि भाैतिक संरचना निर्माणका लागि ढुंगा, गिट्टी र माटाेकाे आवश्यकता छ । त्याे प्राप्त गर्ने सहज बाटो नेपालको चुरे र पहाडी क्षेत्र हाे। ‘भन्ने बुझेर भारतले फेरि खडग प्रसाद अाेली खडागरि सडक बनाउन खोजेको त हैन ? यो एउटा गम्भीर सोचनिय बिसय हो ।

र अन्तमा

रास्ट्र र राष्ट्रियता हाम्रो माटोमा छ हाम्रो चुरेबाट यो वा त्यो बहानामा हाम्रो चुरे पहाडहरु फोरेर बेच्नु देशको राष्ट्रियतामाथी धावा बोल्नु हो ।

यो कुरा कोहि कसैको लहड र सनकमा हुने कुरा हैन तसर्थ चुरे दोहनको बिसयमा यो वा त्यो दलगत राजनितीको स्वार्थ भन्दा माथी उठेर बोल्नैपर्छ चुरे क्षेत्रमा बस्ने थारु बोटे मधेसी चमार मुसहर लगायत धेरै जनजाती जो राज्यको पहुचबाट टाढा रहेका छन ।

तिनको निरीहता र सोझोपनलाइ फाइदा उठाएर चुरेमा धावा बोल्न कुनैपनी शासकलाइ छुट छदैछन ।

आदरणीय शासक ज्यु चुरे बेचेर बालुवा, गिट्टी, ढुङ्गाबाट तपाइको गोजि भरीएला हामी थला पर्नेछौ मानव र प्रकृतिविरुद्धको दोहोरो अपराध लाई औपचारिकता दिने जुन कोसिस भएको छ यो गलत छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -