काठमाडौं, शनिबार, २२ जेठ २०७८ । बालमन्दिर नक्साल र सिफलका ५२ जना बालबालिका को’रोना सं’क्रमणमुक्त भएका छन् ।
उनीहरुले को’रोनालाई जितेर कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भएका हन् ।
बाल गृहमा बसिरहेका बालबालिकाहरुलाई १० दिन अघि को’रोना सं’क्रमण पुष्टि भईसकेका छन् ।
को’रोना सं’क्रमण देखिएपछि कीर्तिपुरको आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा भर्ना भएका बालबालिकाहरु शनिबार बालमन्दिर फर्किएका हुन् ।
डिस्चार्ज हुने बेलामा स्वास्थ्यकर्मीहरुले नाचगान गरेर बालबालिकाहरुलाई बिदा गरे ।








































