Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
५:४३:११ बेलुका
- ADVERTISEMENT -

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी

प्रकाशित मिति: २०७५ माघ ६, आइतबार

801
Shares

काठमाडौं, माघ ६

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिचौलियालाई कानूनी दायरामा ल्याउन अदालतको अवहेलनाअन्तर्गत कारवाही गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

संवैधानिक तथा कानून पत्रकार मञ्चसँग आज भएको भेटकाक्रममा प्रधानन्यायाधीश जवराले सो घोषणा गर्नुभएको हो । उहाँले न्याय सम्पादनमा अदालतको गरिमामा आँच पुर्याउने कार्य गरेमा अदालतको अवहेलनाअन्तर्गत कारवाही गरिने बताउनुभयो ।

“विचौलिया कुना–कुनामा, टेबल–टेबलमा, बेञ्च बञ्चैमा घुसेको छ, यसको उन्मुक्ति हुनुपर्छ, विचौलियालाई कर्मचारी, कार्यसम्पादन र प्रक्रियामा रोक्छौँ,”, प्रधानन्यायाधीश राणाले भन्नुभयो, “घुसपैठ गरेर न्याय सम्पादन गरेमा अदालतको गरिमामा आँच पुर्याउने कार्य गरेको भनेर अदालतको अवहेलनातर्फ कारवाही गर्न लक्षित छौँ ।”

प्रधानन्यायाधीश राणाले उच्च अदालत विराटनगरका पाँच न्यायाधीशको कार्यसम्पादनमा प्रश्न उठेको हुनाले अध्ययनका लागि न्याय परिषद्मा ल्याएको उल्लेख गर्दै सुक्ष्म निगरानी अध्ययन समहूले ल्याएको प्रतिवेदनमा कमीकमजोरी देखिएको हुँदा थप अध्ययनका लागि परिषद्का कामकाजमा ल्याएको स्पष्ट पार्नुभयो ।

विराटनगरका पाँच न्यायाधीशलाई उचित कार्यसम्पादन नभएको उल्लेख गर्दै यही माघ ३ गते न्याय परिषदमा काज सरुवा गरिएको थियो ।

विचौलिया कुना–कुनामा, टेबल–टेबलमा, बेञ्च बञ्चैमा घुसेको छ, यसको उन्मुक्ति हुनुपर्छ, विचौलियालाई कर्मचारी, कार्यसम्पादन र प्रक्रियामा रोक्छौँ,”, प्रधानन्यायाधीश राणाले भन्नुभयो, “घुसपैठ गरेर न्याय सम्पादन गरेमा अदालतको गरिमामा आँच पुर्याउने कार्य गरेको भनेर अदालतको अवहेलनातर्फ कारवाही गर्न लक्षित छौँ ।

वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई जिम्मेवारी नदिएको विषयमा प्रधानन्यायाधीश राणाले भन्नुभयो, “संस्थाले वरिष्ठ न्यायाधीशबाट पाउने योगदान के हो ? संस्थालाई दिनुपर्ने ठाउँमा उहाँले संस्थाबाट खोज्नुभएको छ, त्यसले गर्दा समस्या छ, तर संविधानले दिएको अधिकार कसैले रोक्दैन ।”

संस्थाले वरिष्ठ न्यायाधीशबाट पाउने योगदान के हो ? संस्थालाई दिनुपर्ने ठाउँमा उहाँले संस्थाबाट खोज्नुभएको छ, त्यसले गर्दा समस्या छ, तर संविधानले दिएको अधिकार कसैले रोक्दैन

नेपाल बार एशोसिएशनले पनि वरिष्ठ न्यायाधीश जोशीको विषयमा चासो देखाएको विषयमा उहाँले अदालत र बारको सरोकार एउटै भएको र दुवैको अन्तिम गन्तव्य न्यायका लागि भएको स्पष्ट पार्नुभयो ।

मञ्चका अध्यक्ष उपाध्यायले न्यायालयको सूचनामा सहज पहुँच हुनुपर्ने र न्यायलयबाट आएका सूचनालाई एकरुपताका साथ तत्काल उपलब्ध गराउने व्यवस्था हुनुपर्ने माग गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -