बागलुङ, बिहिबार, २० जेठ २०७८ । को’रोना सं’क्रमणको दर बढ्दै गएपछि गत बैशाख २१ गतेदेखि बागलुङमा ल’कडाउन सुरु भयो ।
जिल्ला भर ल’कडाउन जारी भएको करिब एक महिना बितिसक्यो तर सं’क्रमणको दर झने–झन् बढ्दै गएको छ । सं’क्रमणको दर दिनदिनै बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय बागलुङले ल’कडाउनलाई थप क’डाइ गर्न थालेको छ ।
स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्कलाई हेर्दा जिल्लामा संक्रिय सं’क्रमितको एक हजार ७७० पुगेको छ । सं’क्रमितको संख्या दिनदिनै बढेपछि जिल्ला प्रशासन कार्यालयले नि’षेधाज्ञामा थप क’डाइ गर्न प्रहरीलाई निर्देशन दिएको छ । प्रशासनको निर्देशनपछि जिल्ला सदरमुकाम बागलुङ बजारमा प्रहरीको बाक्लो उपस्थिति छ ।
प्रहरीले अत्यावश्यक काम बाहेक बजार डुल्ने व्यक्तिलाई होल्ड गर्ने, एक सय जरिवाना तिराउने जस्ता कार्य गर्दै आएको छ । प्रहरीले पहिलो चरणमा को’रोना नियन्त्रणका लागि घरमै बस्न आग्रह गरेर पठाउने गरेकामा पछिल्ला दिनमा सर्वसाधारणबाट लकडाउनको अवज्ञा भएपछि प्रहरीले १० मिनेट होल्ड गर्ने र पटक–पटक अटेरी गर्नेलाई एक सयको जरिवाना गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।








































