Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४१:३८ बिहान
- ADVERTISEMENT -

एपिएफलाई सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि

प्रकाशित मिति: २०७५ माघ ६, आइतबार

968
Shares

कास्की,६ माघ २०७५ । दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफ क्लबले उचालेको छ । डिफेण्डिङ च्याम्पियन एपिएफले हिजो पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा जीत निकाल्दै उपाधि रक्षा गरेको हो ।

पहिलो सेट २५–८ मा जितेको एपिएफले दोस्रो सेट २५–१९ ले गुमायो । तर तेस्रो र चौथो सेट समान २५–१७ मा जित्दै उसले उपाधिसहित नगद रु तीन लाख ५० हजार तथा ट्रफी हात पार्न सफल भयो । उपविजेता बनेको नेपाल पुलिस क्लब नगद रु एक लाख ७५ हजार तथा ट्रफीमा चित्त बुझायो ।

हिजो नै तेस्रो स्थानका लागि भएको खेलमा प्रदेश नं ३ ले गण्डकी प्रदेशलाई पराजित गरी तेस्रो स्थान हासिल गरी रु एक लाख प्राप्त गर्न सफल भयो । सान्त्वना भएको गण्डकी प्रदेशले रु ५० हजार पुरस्कार पायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि विजेता टोली एपिएफका सरस्वती चौधरीले रु १० हजार, ट्रफी तथा प्रमाणपत्र पाइन् ।

विधागततर्फ उत्कृष्ट स्पाइकर प्रदेश नं ३ का प्रतिभा माली, ब्लकर एपिएफका हिरा केसी, सेटर नेपाल प्रहरीका कमला पुन, डिफेण्डर प्रहरीका शान्ति तामाङ, सर्भर गण्डकी प्रदेशका अरुणा शाही तथा उत्कृष्ट प्रशिक्षकको उपाधि एपिएफका ज्ञानेन्द बिष्टले हात पारे । विधागततर्फ उत्कृष्ट सबैले रु पाँच हजार तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको विजेता, उपविजेता, तृतीय, सान्त्वना तथा विधागत रुपमा उत्कृष्ट टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, राष्ट्रिय खेलकूद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङ, पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक दुर्जकुमार राई, पश्चिमाञ्चल खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, पत्रकार महासङ्घ गण्डकीका सचिव इन्द्र पौडेल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्री गुरुङले पोखरामा खेल पूर्वाधार निर्माण गरी खेलकूदको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा माघ १ गतेदेखि भएको प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता थियो ।

प्रतियोगिताको पहिलो संस्करण प्रदेश नं ५ को रोल्पामा गत वर्ष सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -