Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०३:०६ बिहान
- ADVERTISEMENT -

डा. केसीको समर्थनमा माइतीघर मण्डलामा बृहत् प्रर्दशन

प्रकाशित मिति: २०७५ माघ ५, शनिबार

926
Shares

काठमाडौं, ५ माघ २०७५ । अनसनरत चिकित्सक डा. गोविन्द केसीको समर्थनमा राजधानी काठमाडौंमा प्रर्दशन गरिएको छ ।

सोलिडारिटी फर डाक्टर केसी अलायन्सको नेतृत्वमा राजधानीको माईतीघर मण्डलामा डाक्टर केसीका समर्थकले प्रर्दशन गरेका हुन् । ‘माफिया मुखि ऐन चाहिदैन’, ‘३ करोड नेपालीलाई धोका दिने कहिलेसम्म’ लेखिएको व्यानरमा भेला भएका डाक्टर केसीका समर्थकले सरकार विरोधी नारा लगाएका थिए ।

सहमति गरेर कार्यान्वय नगर्ने सरकार माफियासंग मिलेको आरोप पनि उनीहरुले लगाएका थिए । सम्झौता कार्यान्वय नगरेर सरकारले नै समस्या श्रृजना गरेको आरोप सहभागीले लगाए । प्रर्दशनमा सहभागी वरिष्ठ अधिवक्ता डाक्टर सुरेन्द्र भण्डारीले डाक्टर केसीको माग सम्बोधनका बारेमा प्रधामन्त्री केपी ओलीले शुक्रबार संसदमा दिएको अभिव्यक्ति गलत मनसायबाट प्रेरित भएको टिप्पणी गर्नुभयो ।

वरिष्ठ अधिवक्ता भण्डारीले वाईड विमान खरिद प्रकरणमा आफ्ना मन्त्रीलाई जोगाउन संसदीय समितिलाई दबाब दिने सरकारले आफैले गरेको सम्झौतालाई कार्यान्वयन गर्ने सवालमा संसदको सर्वोच्चताको कुरा गर्नु उपयुक्त तर्क नभएको दाबी गर्नुभयो ।

डाक्टर केसीको मागमा ऐक्यवद्धता जनाउन भेला भएका समर्थकले ‘ओली सरकारको मन्त्री झुटतन्त्र’, ‘चरेशको थालमा मार्सीको भात, माफियाका ताँती ओली सरकारका साथी’, एक दुई तिन चार,हामी मान्ने छैनौ हार’ लगायत नारा लगाएका थिए। उनीहरुले मण्डलादेखि नयावानेश्वर सम्म र्याली पनि निकालेका थिए ।

सहमति कार्यान्वयको माग गर्दे इलाम पुगेर १६ औ सत्याग्रह सुरु गरेका डाक्टर केसीको स्वास्थ्य स्थिति विग्रदै गएपछि उनका समर्थकको प्रयासमा राजधानी ल्याई महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -