काठमाडौँ, १६ जेठ २०७८ । मकालु हिमालबाट संकलित फोहोर हस्तान्तरण गरिएको छ । आज जङ्गी अड्डामा आयोजित कार्यक्रमकाबीच राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले “सफा हिमाल अभियान २०२१” अन्तर्गत् मकालु
हिमालबाट संकलन गरिएको फोहोर हस्तान्तरण गर्नु भएको हो ।
उक्त हिमालबाट संकलन गरिएको ६,६०७ के.जी. फोहोर मध्ये सड्ने/कुहिने १,७२५ के.जी. फोहोर ज्येष्ठ १३ गते मकालु गाउँपालिकालाई बुझाइएको थियो भने नकुहिने४,८८२ के.जी. फोहोर पुन: प्रयोग गर्ने प्रयोजनको लागि आज हस्तान्तरण गरिएको हो ।
मन्तव्य राख्ने क्रममा डा. घनश्याम गुरुङ्गले यस्तो महामारीको समयमा हिमाल सफाई जस्तो जोखिमपूर्ण जिम्मेवारी समेत योजना अनुरुप संचालन गर्न सकेकोमा सफाई अभियानमा संलग्न सबैको प्रशंसा गर्नु भएको थियो भने इसिमोडका सन्तोष पाठकले यस प्रकारको कार्यमा आफ्नो संस्था समेत सहभागि हुन पाएकोमा अति खुसी एवं गौरवानुभूति भएको बताउनु भयो ।
“सफा हिमाल अभियान २०२१” अन्तर्गत् विभिन्न ६ वटा हिमालहरुबाट २७,६७१ के.जी. फोहोरसंकलन गरिएको छ भने १७,८७७ के.जी. फोहोर पुन: प्रयोग तथा व्यवस्थापनको लागि सम्बन्धितहरुलाई हस्तान्तरण गरिसकिएको छ ।








































