Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२३:०७ दिउँसो
- ADVERTISEMENT -

अग्रपंक्तिमा खटिने सं’क्रमितलाई आयुर्वेद औषधि नि:शुल्क वितरण

प्रकाशित मिति: २०७८ जेठ १६, आइतबार

448
Shares

पोखरा, आइतबार, १६ जेठ २०७८ । को’रोना म’हामारी वि’रुद्ध ल’ड्न नेपाल आयुर्वेद औषधि व्यवसायी गण्डकी प्रदेश संघद्वारा गठित स्वयंसेवक उपसमितिले स्वास्थ्य मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको को’भिड १९ को प्रोटोकलअनुसारको औषधि वितरण गरेको छ ।

उपसमिति संयोजक कृष्ण राउतले अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अति विपन्न नागरिकका लागि उक्त आयुर्वेद औषधि निशुल्क वितरण गरिने जानकारी दिए ।

अभियानमार्फत आइतबार नेपाल पत्रकार महासंघ कास्कीमा आबद्ध सं’क्रमित १२ जना पत्रकारका लागि उक्त औषधि सचिव माधव बराललाई हस्तान्तरण गर्नु बहेको थियो ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने गुण भएका गुड्ची चूर्ण, यष्टीमधु चूर्ण, त्रिकटु चूर्णको मिश्रणबाट तयार गरिएको आयुर्वेद औषधि हस्तान्तरण गरिएको हो ।

आयुर्वेद संघको सहयोगप्रति महासंघ कास्कीका सचिव बरालले धन्यवाद प्रकट गरे । पत्रकारहरुको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै संघले गरेको सहयोगमा उनले प्रशंसा व्यक्त गरेका थिए ।

अभियान अन्तर्गत ११ वटै जिल्लाका संक्रमित भएका पत्रकारहरुलाई उक्त आयुर्वेद औषधि उपलब्ध गराइने जानकारी पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीलाई भेटमार्फत गराइएको संयोजक राउतले बताए ।

अभियानलाई विस्तार र व्यापक बनाउन उपसमितिले गण्डकीका ११ वटै जिल्लामा आयुर्वेद औषधि वितरण गर्ने लक्ष्य लिएको छ । जसका लागि प्रदेश सरकार, जिल्ला प्रशासन, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, स्थानीय तहमार्फत समन्वय भइरहेको संघका अध्यक्ष राजुकुमार पौडेलले जानकारी दिए ।

प्रदेशका अति विपन्न नागरिकहरुलाई औषधि वितरणका लागि सम्बन्धित स्थानीय तहको वडाबाट सिफारिस/जानकारी अनुसार स्वयंसेवक टोलीले औषधि संक्रमितकै हातहातमा पु¥याइने अध्यक्ष पौडेलले बताए ।

साथै, संक्रमितहरुको स्वास्थ्य अवस्था र मनोबल मजबुद बनाउनका लागि स्वास्थ्य परामर्श सेवासमेत सञ्चालन गर्ने भएको छ । प्रदेश संघका सचिवसमेत रहेका डा दीपक भुसालको संयोजकत्वमा गठित आयुर्वेद चिकित्सकीय परामर्श सेवा उपसमितिले उक्त सेवा सञ्चालन गर्न लागेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -