काठमाडौं, आइतबार, १६ जेठ २०७८ । संवैधानिक निकायका कर्मचारीलाई दोस्रो मात्रा (डोज) खोप लगाइने भएको छ ।
को´भिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आज देखि कोभिसिल्ड र भेरोसेल खोप लगाएका संवैधानिक निकायका कर्मचारीलाई दोस्रो मात्रा (डोज) खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडाैले जनाएको छ ।
गत वर्ष माघ १४ देखि फागुन २२ गतेसम्म कोभिसिल्ड र चैत २५ गते वैशाख १५ गतेसम्म भेरोसेल खोपको पहिलो मात्र लिएकालाई आजदेखि दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभएको छ ।








































