काठमाडौँ, शनिबार, १५ जेठ २०७८ । सरकारले को’भिड १९ प्रभावित विभिन्न उद्योग तथा व्यवसायले तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुर आगामी आर्थिक वर्षका लागि छुट गरेको छ ।
बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले होटल ट्राभल ट्रेकिङ लगायतका पर्यटन व्यवसाय, सार्वजनिक यातायत, हवाइ सेवा, चलचित्र उद्योग, हस्तकला उद्योग, सञ्चार गृह, विज्ञापन सेवा, टेलरिङ, ब्यूटी पार्लर, हेल्थ क्लबजस्ता व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुरमा छुट दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । ती उद्योगहरु स्वतः नविकरण हुने उहाँले जानकारी दिनुभयो ।








































