काठमाण्डौं, शनिबार, १५ जेठ २०७८ । तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहराले कार्यविधि बनाएर नगरपालिकाले आ’इसोलेशन सञ्चालन गरेको बताउनुभएको छ ।
नगरपालिका वडा नं १ साङ्ला स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा २५ बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर केही सयमअघि देखि सञ्चालनमा ल्याएको थियो । बोहराले नगरबासीहरुको मनोबल बढाउनको लागि स्थानीयवासीहरुको समेत चाहनालाई सम्बोधन गदै आइसोलेसन सञ्चालनमा ल्याएको उहाँले स्पष्ट गर्नुभयो ।
कोरोनाका बिरामीहरु वडा कार्यालयहरु तथा त्यहाँ रहेको स्वास्थ्य शाखाको सिफारीसमा मात्र भर्ना गरिने व्यवस्था गरिएको छ । बोहराले कोरोनाको पहिलो फेजका बिरामीहरुलाई आइसोलेसन सेन्टरमा भन्दा पनि होम आइसोलेसनमै बस्ने वातावरण बनाउन वडा तथा नगर स्वास्थ्यमार्फत टोली परिचालन गरिएको छ ।
होम आ’इसोलेशनमा बस्न असहज भएका व्यक्तिलाई नगरपालिकाले बनाएको आ’इसोलेशनमा बस्ने व्यवस्था नगरपालिकलो गरेको छ ।
उहाँले भन्नुभयो “को’रोनाका स’ङ्क्रमितले मनोबल उच्च पार्नुपर्छ, उच्च मनोबलले धेरै रो’गसँग लड्न सक्ने क्ष’मता बृद्धि गर्छ ।” नगरपालिकाका उपप्रमुख भवानी डोटेलले नागरिकहरुलाई जोगाउन आ’इसोलेसन बनाएर नगरले एक पाइला अगाडी बढेको स्पष्ट गर्नुभयो । नगरपालिकाले गरेका कतिपय राम्रा कामका बारेमा सञ्चार माध्यममार्फत समाचार सम्प्रेषण हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले सञ्चार माध्यमको भूमिका राम्रो काम फैलाउने र नराम्रा काम औंल्याउने रहेको डोटेलले बताउनुभयो ।
नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्सालले नगरपालिकाले आ’इसोलेशन सञ्चालनका लागि विभिन्न उपसमितिहरु निर्माण गरी आइसोलेन कक्षलाई थप प्रभावकारी बनाइएको जानकारी दिनुभयो । तारकेश्वर नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रण कार्यमा नियमित रुपमा नागरिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।








































