काठमाडौँ, शुक्रबार, १४ जेठ २०७८ । बाँकेको भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको आ’क्रमण तथा तो’डफोडप्रति विवेकशील साझा पार्टीले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी बिज्ञप्तिमा आ’क्रमणकारीहरूलाई रा’जनीतिक सं’रक्षण नदिई का’नुनी का’रबाही गर्न तथा भेरी अस्पतालसहित देशभरका स्वास्थ्यकर्मीले नि’र्धक्क भई काम गर्ने वातावरण सुनिश्चित गर्न विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गरेको छ ।
रा’ज्यको स्वास्थ्य प्रणाली फितलो रहँदा र सरकारको अकर्मण्यताले गर्दा मुलुकभर स्वास्थ्यकर्मीहरू यस्तो महामारीको समयमा अत्यन्त सीमित स्रोत, साधन र जनशक्तिका साथ अहोरात्र खटिनु परिरहेको छ, बिज्ञप्तिमा भनिएको छ ।
आफू स्वयं र परिवार कुनै पनि बेला स’ङ्क्रमित हुनसक्ने जोखिम बोकेर तथा कतिपय स्थानमा आ’फू स’ङ्क्रमित भ’इकन पनि सुरक्षा मापदण्ड अपनाइ अन्य स’ङ्क्रमितको उपचारमा सक्रिय स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गर्नु पर्नेमा उल्टै साङ्घातिक आक्रमण हुनु अत्यन्त निन्दनीय रहेको जनाएको छ ।
बिज्ञप्तिमा भनिएको छ, विवेकशील साझा पार्टी देशभरका स्वास्थ्य संस्थाहरूमा तोडफोड र स्वास्थ्यकर्मीहरूमाथिको आ’क्रमणलाई निरुत्साहित गर्न आक्रमणकारीहरू धरौटीमा नछुट्ने र कडा कानुनी दण्डको भागिदार हुनै पर्ने गरी कानुन संशोधन गर्नुपर्ने पक्षमा छ ।








































