गलकोट, बिहिबार, १३ जेठ २०७८ । बागलुङ जिल्लामा को’रोना स’ङ्क्रमण बढ्दो छ । को’रोना रो’कथाम र नि’यन्त्रणका लागि स्थानीय तहले सीमित स्रोत र साधनका बीच यथाशक्य काम गर्दै आएका छन् ।
यद्यपि नागरिकमा सचेतनामा कमी र लापरवाही हुँदा दूरदराजका गाउँहरु कोरोनाका ‘हट स्पट’ बन्दै गइरहेका छन् । अहिले बागलुङका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहले चिकित्सक र अक्सिजनसहितको सुविधा सम्पन्न को’भिड अ’स्पताल स’ञ्चालनमा ल्याएका छन् ।
जिल्लामा सबै स्थानीय तहले अक्सिजनसहितका आ’इसोलेशन कक्ष स्थापना गरे पनि पाँच स्थानीय तहमा मात्रै चिकित्सक रहेका छन् । सरकारले अस्थायी कोरोना अस्पतालका लागि एक पालिकामा एक चिकित्सकको दरबन्दी तोके पनि पाँच वटा स्थानीय तहले चिकित्सक नियुक्ति गर्न नसकेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिनुभयो ।
“चिकित्सकको अभाव जिल्लाको धौलागिरि अस्पतालमा समेत छ, केही स्थानीय तहले सेवा सुविधा थप गरेरसमेत चिकित्सक राख्नुभएको छ”, गौतमले भन्नुभयो , “बागलुङ नगरपालिकाको आइसोलेशनमा अस्पतालकै चिकित्सकले सेवा दिएका छन्, अन्य चार पालिकामा भने चिकित्सक नभए पनि नर्सहरुले सेवा दिएका हुन् ।”
चिकित्सकसहितको कोरोना अस्पताललाई मान्यता दिए पनि अन्यले समेत कोरोना कहरमा सेवा दिइरहनु राम्रो भएको गौतमको भनाइ छ । डाक्टर र एम्बुलेन्ससहितको आइसोलेशन प्रभावकारी हुने र अन्य आइसोलेशनले बिरामीको सामान्य हेरचाह मात्रै गर्न सक्ने जिल्ला प्रशासनको ठहर छ ।








































