काठमाडौं, १२ जेठ २०७८ । नेपालमा को;रोना भा’इरसका छ हजार ६७७ स’ङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ३० जनाको आरटपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले चौबीस घण्टामा छ हजार ७ सय १६ जना को’रोनामुक्त भएको बताउनुभयो । उहाँका अनुसार सोही अबधिमा १ सय ४५ जना स’ङ्क्रमितले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा हाल एक लाख १७ हजार ७७ जनामा भा’इरसको स’ङ्क्रमण सक्रिय रहेको जनाएको छ ।








































