काठमाडौँ, मंगलबार, ११ जेठ २०७८ । को´भिड–१९ सङ्क्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौँ महानगरपालिकाले प´रीक्षणको दायर बढाएको छ ।
यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ ।
परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट ए´न्टिजेन विधिबाट नमूना सङ्कलन गरिने छ । यसका लागि इ´पिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्य रहने कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर जानकारी दिनुभयो ।








































