काठमाडौँ, मंगलबार, ११ जेठा २०७८ । दोस्रो लहरको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा फेरि नि’षेधाज्ञा लम्ब्याउने तयारी भएको छ ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार स्थिति अझै भयावह नै रहेकाले नि’षेधाज्ञाको अवधि लम्ब्याउनुपर्ने देखिएको हो । अबको एक साता प्रभावकारी रुपमा नि’षेधाज्ञा गर्दा कोरोना महामारीको चेन ब्रेक हुन सक्ने उनको भनाई छ ।
त्यसैको लागि आज काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।








































