काठमाडौँ, बिहिबार, ६ जेठ २०७८ । गिनिज स्कूल तार्केश्वर ६ का डाइरेक्टर रामेश्वर सिंखडाले अभिभावक, बिधार्थी तथा शिक्षक सम्बोधन गर्दै बिश्वब्यापी महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरसका कारण उत्पन्न जटिल परिस्थितिलाई मध्य नजर गर्दै भाइरस विरुद्ध लड्न र पठन-पाठनमा लाग्न अनुरोध सहित सन्देश सार्बजनिक गर्नु भएको छ ।
उहाँका अनुसार तार्केश्वर शिक्षाको निर्णय बमोजिम अब कक्षा ८ को रिजल्ट पनि अन्तरिक मुल्यांकनबाट तयार गरिने बताउनु भयो । साथै, २०७७ सालको वार्षिक परीक्षाको नतिजा सार्बजनिक यहि शनिबार (जेठ ८ गते) अनलाइन मार्फत गरिने बताउनु भएको छ ।
त्यसैगरी, शैक्षिक वर्ष २०७८ सालको कक्षा सञ्चालन अनलाइन मार्फत जुमको माध्यम प्रयोग गरि यहि जेठ १० गतेदेखि सञ्चालन गरिने डाइरेक्टर रामेश्वर सिंखडाले बताउनु भयो ।
अनावश्यक हिड्डुल नगर्न, समय समयमा हात धुन, मास्कको प्रयोग नियमित गर्न, सामाजिक दुरी कायम गर्न सबै संग आग्रह गर्नु भएको छ । त्यसका साथै आजको कोरोनाबाट उत्पन्न जटिल समयमा घरबाट नै बिद्यार्थीलाई अध्ययन गराइ, सृजनशील कार्यमा संलग्न गराइ प्रयोगात्मक शिक्षा दिन समेत अनुरोध गर्नु भएको छ ।
बिधालयका सहायक प्रिन्सिपलले विभिन्न टेलिभिजन बाट प्रस्तुत हुने ज्ञानबद्वक कार्यक्रम हेर्न र आवश्यक पर्दा ईन्टरनेट मार्फत आफ्ना शिक्षकहरुसंग सम्पर्क गरी अध्यापन गर्न अनुरोध गर्नु भएको छ ।








































