काठमाडौँ, बिहिबार, ६ जेठ २०७८ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता सम्पन्न भएको छ ।
आज बिहिबार सिंहदवारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई देशबिचको आपसी सम्बन्ध र को’रोना म’हामारी वि’रुद्धको लडाइँमा हातेमालोको सन्दर्भमा छलफल भएको थियो ।
प्रधानमन्त्रीले राजदूत पोलिटसँग को’रोना वि’रुद्धको एस्ट्राजेनेका भ्याक्सिन उपलब्ध गराउन अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ओलीले अहिलेसम्मको सहयोगका लागि रा’जदूतमार्फत बेलायत सरकारप्रति आभारसमेत व्यक्त गरेका छन् ।








































