काठमाडौं, बिहिबार, ६ जेठ २०७८ । मन्त्रिपरिषद बैठक आज दिउँसो २ः३० बजे बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक आव्हान गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभयो ।
बैठकको कार्यसूचीबारे जानकारी नगराइए पनि अहिलेको को´भिडको समस्या समाधान तथा अन्य समसामयिक विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो ।








































