काठमाडौं, मंगलबार, ४ जेठ २०७८ । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २ सय ३१ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ ।
ती मध्ये १ सय ६८ वटा भरिएका र ६३ खाली सिलिन्डर रहेका छन् । सङ्कलन गरिएका २ सय ३१ वटा र यसअघिको स्टक रहेका १ सय ४१ वटा गरी जम्मा ३ सय ७२ वटा सिलिन्डरमध्ये मंगलबार ३ सय ४१ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।








































