काठमाडौं, आइतबार, २ जेठ २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा सं’क्रमण पु’ष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभयो
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ५५ हजार ७२ पुगेको छ ।
यस्तै, आज थप ६ हजार ६४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल को’रोना सं’क्रमण मुक्त हुनेको सं’ख्या ३ लाख ३९ हजार ७ सय ५६ पुगेको छ ।
आज संक्रमणबाट थप १४५ जनाको मृ’त्यु भएको छ । नेपालमा को’रोनाबाट ज्या’न गु’माउनको कुल संख्या ५ हजार १ पुगेको छ ।








































