काठमाडौं, शनिबार, १ जेठ २०७८ । पछिल्लो २४ घण्टामा मुलुकभरबाट पाँच हजार ४ सय ५५ जना को´रोना सं´क्रमित उपचारपछि निको भएर घर फर्किएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर ५ हजार ४ सय ५५ जनाले कोरोनालाई जित्न सफल भएका हुन ।
पछिल्लो तथ्यांकसँगै हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ३३ हजार १ सय ८ पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोना संक्रमितको निको हुने दर आजसम्म आइपुग्दा दर ७४ दशमलव ४ प्रतिशत रहेको छ ।








































