काठमाडौं, शुक्रबार, ३१ बैशाख २०७८ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले को’रोनाविरुद्वको लडाईंमा सरकारलाई साथ दिन काठमाडौं उपत्यका मेयर फोरमका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीहरुसँगको बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्वको लडाईंमा संघीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी जनताको जीवन रक्षामा जुट्न आग्रह गर्नुभयो ।
मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत रुपमा आइसोलेशन केन्द्र सञ्चालन गर्ने प्रस्ताव गरेको छ । यसैगरी, अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि मेयर फोरमले पहल लिने प्रतिवद्धता जनाएको छ ।
राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईंमा सफलता मिल्ने उहाँले बताउनुभयो ।








































