काठमाडौं, बुधबार, २९ बैशाख २०७८ । नेपालमा स’क्रिय स’ङ्क्रमितको संख्या पहिलो पटक एक लाखभन्दामाथि पुगेको छ । प्रवक्ता डा. गौतमले हाल एक लाख एक लाख एक हजार ६ सय ३४ जनामा भा’इरसको स’ङ्क्रमण सक्रिय रहेको बताउनुभयो । स’ङ्क्रमितको संख्या दैनिक वृद्धि हुँदै जाँदा र निको हुने संख्या कम हुँदा निको हुने दर ७४.९ प्रतिशत पुगेको छ ।
मन्त्रालयले उपत्यकाका तीन जिल्लामा तीन हजार ९ सय २४ स’ङ्क्रमित थपिएको जनाएको छ । पछिल्लो चौबीस घण्टामा काठमाडौंमा तीन हजार २५०, ललितपुरमा ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जना सङ्क्रमित थपिएका छन् ।
नेपालमा को’रोना भा’इरसका नौ हजार २ सय ३८ जना स’ङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ३ सय ६२ जनाको आरटीपीसीआर प’रीक्षण गरिएकोमा नौ हजार २ सय ३८ जनामा स’ङ्क्रमणको पु’ष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा ४ सय २४ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६७ जनामा पोजेटिभ पाइएको बताउनुभयो । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा को’रोना भाइरसका कुल सङ्क्रमितको संख्या चार लाख २२ हजार ३ सय ४९ पुगेको छ ।








































