Opens in a new tab
२०८३ मंसिर ४, बिहीबार
६:३०:४० बिहान
- ADVERTISEMENT -

सिंहदरबारभित्र पुराना गाडी डम्प गर्न निषेध, थन्किएका दुई सय गाडी प्रयोग गरिँदै

प्रकाशित मिति: २०७५ माघ १, मंगलबार

1125
Shares

काठमाडौं १ माघ २०७५ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र लामो समयदेखि थन्किएका करिब २ सय गाडीको उपयोग गर्ने भएको छ । ती गाडीलाई प्रदेश, स्थानीय तह तथा सीसीभीटीलगायतका निकायमा पठाइने गृहकार्य अघि बढाइएको हो ।

प्रधानमन्त्री कार्यालयले अब सिंहदरबारभित्र पुराना गाडी डम्प गरेर राख्न निषेध गरेको छ । मर्मत गरेर प्रयोग गर्न मिल्नेलाई प्रयोग गर्ने र नमिल्नेलाई तत्काल लिलाम गर्नसमेत प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै प्रावधान देशभरका सरकारी निकायमा समेत लागू गरिने भएको छ । प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयमा डम्प गरेर राखिएका र मर्मत गर्न नमिल्ने गाडीलाई क्रेन लगाएर हटाउने अभियानसमेत थालेको छ ।

डम्प गरेर महिनौंसम्म गाडी राख्ने निकायलाई कारबाहीसमेत गरिने भएको छ । सिंहदरबारभित्र विभिन्न मन्त्रालय र निकायमा अर्बौं मूल्यका झन्डै २५० गाडी लामो समयदेखि उपयोगविहीन अवस्थामा राखिँदै आएका छन् । कतिपय मर्मत गरेर चालू अवस्थामा आउन सक्ने खालका छन् भने कतिपय गाडी कवाडीमा बिक्री गर्नुपर्ने अवस्थाका छन् ।
मर्मत गरेर चलाउन सकिने झन्डै २ सय वटा गाडीको व्यवस्थापन गर्न थालिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । कुँवरका अनुसार चालू अवस्थामा आउन सक्ने गाडीहरू छनोट गरी प्रदेश, स्थानीय तह तथा अन्य सरकारी निकायमा पठाउने क्रम थालिएको छ ।

सिंहदरबारभित्र अर्बौं मूल्यका गाडीहरू त्यसै थन्काएर सरकारी निकायले नयाँ गाडी खरिद गर्दा राज्यलाई अनावश्यक रूपमा अर्बांैको व्ययभार पर्दै आएको थियो । अहिले प्रधानमन्त्री कार्यालयले सिंहदरबारलाई सुन्दर बनाउने अभियानसमेत थालेको छ । सो अभियानअन्तर्गत मर्मत गरेर चलाउन सकिने गाडीलाई प्रयोग गर्ने र मर्मत गर्न नसकिनेलाई कवाडीमा बिक्री गर्ने गृहकार्य थालिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले जानकारी दिए ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार विगतमा सरकारी अधिकारीहरूले मर्मत गरेर चलाउन सकिने अवस्था हुँदाहुँदै पनि कमिसनको चक्करमा कैयांै गाडीलाई डम्प गरी नयाँ गाडी खरिद गर्ने गरेका थिए । त्यसो गर्दा राज्यलाई अनावश्यक रूपमा अर्बांै रुपैयाँ व्ययभार पर्दै आइरहेको थियो । अब भने मर्मत गर्न मिल्ने खालका गाडीहरू हुँदाहुँदै नयाँ गाडी खरिद नगर्नसमेत प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालयलाई निर्देशन दिएको छ । आजको राजधानी दैनिक मा खबर छापिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -