काठमाडौं, बुधबार, २९ बैशाख २०७८ । प्रदेशसभा, स्वास्थ्य, शिक्षा र कृषि समितिद्वारा आज आयोजित भर्चुअल बैठकमा उनले समितिले निर्णय गरी उपलब्ध गराएको १० बुँदे निर्देशिकालाई तत्कालै संघीय सरकारसँग समन्वय गरेर कार्यान्वयन गरिने दृढता व्यक्त गरिन् ।
वाग्मती प्रदेश, सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले को’भिड–१९ सं’क्रमितलाई अस्पतालमा अक्सिजन र भेन्टिलेटरको अभाव हुन नदिई तत्काल उपचारसेवा पुर्याउन सरकारले संघीय सरकारसँग समन्वय गर्ने बताइन् ।
समितिले आज निर्णय गरी विभिन्न महत्वपूर्ण सरोकारका विषयमा १० बुँदे निर्देशिका जारी गरेर सामाजिक मन्त्रालयलाई कदम चाल्न आग्रह गरेको समितिका सचिव सुन्दर पन्तले बताए ।








































