युबराज बस्ताकोटी
काठमाडौं, मंगलबार, २८ बैशाख २०७८ । बिगत २५ बर्ष देखि शिक्षा, राजनीतिक तथा सामाजिक क्षेत्रमा कृयाशील तथा सामाजिक कार्य बिषयमा बिद्याबारिधिका शाेधार्थी युवराज बस्ताकाेटीले बिद्यार्थीहरुलाई आफ्नाे परीक्षा तयारी जारि राख्न आव्हान गरेका छन् ।
राष्ट्रिय परीक्षा बाेर्डले कक्षा १० र १२ का बार्षिक परीक्षाहरु हाललाई स्थगित गरेपछि कतिपय बिद्यार्थी तथा अभिभावकलाई गत बर्ष जस्तै बिद्यालयकाे आन्तरिक मुल्यांकनका आधारमा स्तर निर्धारण गर्छ भन्ने बिश्वासमा परीक्षा तयारी गर्न छाड्न छन ।
बिश्वका उन्नत साेचका कारण परीक्षा नहुदा पनि उमेर अनुसार सिकाउन र सिक्न इमानदार रहेका देशहरुसंग तुलना गरेर आजै हाम्रा नानीहरूलाई परीक्षा नलिई हाल्ने बेला नभएकाे अघिल्लो बर्षकाे अनुभवले पनि कतिपय सन्दर्भमा अधिकारीहरुमा समेत इमानदारीता नदेखिएको उनले बताएका छन् ।
आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन् , बिद्यार्थीकाे स्वास्थ्य महत्त्वपूर्ण हाे , त्यस्तै उनीहरुकाे गुणस्तरीय शिक्षा पनि आवश्यक छ । त्यसैले प्रत्यक्ष परीक्षा सम्भव नभए अनलाइन परीक्षाको व्यवस्था राष्ट्रिय परीक्षा बाेर्डले गर्नु पर्नेछ , उनले लेखेका छन् , ” गत बर्षकाे अनुभवले सिकाएकाे छ , एक दिन स्वास्थ्य सुरक्षाकाे मापदण्ड पूरा गरेर सम्भव भए प्रत्यक्ष , सम्भव नभए , राष्ट्रिय परीक्षा बाेर्डकाे प्रत्यक्ष संलग्नतामा अनलाइन परीक्षा सञ्चालन हुने नै छ ।
अत: कक्षा १० र १२ का वार्षिक परीक्षा तयारी गररहेका बिद्यार्थीहरु हल्लाकाे पछाडि नलागि , स्वास्थ्यकाे ख्याल गर्दै, घरमा नै वसेर , शिक्षकसंग अनलाइन मार्फत पढ्दै, परीक्षा तयारी गर्नु हाेला । मानसिक, आर्थिक तथा प्रविधिमा सम्पन्न देशहरुकाे उदाहरण दिएर हाम्राे जस्ताे साेच (“बिकास हुदै गरेकाे , परीक्षा हुदैन भने पछि सिक्न पनि नखाेज्ने ) भएकाे देशमा स्तरीय शिक्षा कायम हुदैन ।
भविष्यमा हुनेछ, तर हाल हामी अध्ययन नछाेडाैं । हाे, आत्तिनु पनि हुदैन , मात्तिनु पनि हुदैन । परीक्षाको समय सरेकाे छ, नहुने भएकाे हाेईन । तयारी गरेर बसाैं । सरकारले कक्षा ११ मा भर्ना गर्न क्यालेन्डर नबिग्रने गरि परीक्षा लिनेछ , भन्ने विश्वासमा बसाैं । पढाैं । याे अवसरका रुपमा लिनु हाेला । घरमा बसाैं, परीक्षा तयारी गराैं ।
पठनपाठनमा निरन्तरता आजकाे आवश्यकता हाे । बिद्यार्थीकाे स्वास्थ्यकाे सुरक्षा गर्दै व्यवस्थित र विश्वसनिय परीक्षा जरुरी छ , त्याे बिद्यार्थीकाे बार्षिक क्यालेन्डर नबिग्रने गरि हुनुपर्दछ ।









































