काठमाडौँ, सोमबार, २७ बैशाख २०७८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको प्रयोजनका लागि प्रतिनिधिसभामा मत विभाजनको प्रक्रिया शुरू भएको छ ।
सोमबार प्रधानमन्त्री ओलीको सम्बोधन, विपक्षी दलका नेताहरुको सम्बोधन र त्यसमाथि पुनः ओलीको जवाफपछि संसदमा मत विभाजनको प्रक्रिया शुरू भएको हो । अहिले प्रतिनिधि सभा सदस्यहरूले मतदान गरिरहेका छन् ।
मत विभाजनका लागि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै निर्वाचन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन तरिका व्यवस्था गरिएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत प्रस्तुत गरी उक्त प्रस्तावका पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।








































