Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०९:५९ बिहान
- ADVERTISEMENT -

चौबीस घण्टा नबित्दै हचुवाको भरमा गरेको निर्णयले समाधान दिँदैन बरु झन समस्या बढाएको छ : गगन थापा

प्रकाशित मिति: २०७८ वैशाख २६, आइतबार

545
Shares

काठमाडौँ, आइतबार, २६ बैशाख २०७८ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले चौबीस घण्टा नबित्दै हचुवाको भरमा गरेको निर्णयले समाधान दिँदैन बरु झन समस्या बढाएको बताएका छन ।

आज आफ्नो स्सामाजिक संजाल फेसबुकमा लेख्नुहुन्छ  :

वैशाख २५ गते स्वास्थ्य मन्त्रालयले ‘मन्त्रालयको सिफारिस बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पतालहरूलाई सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन कम्पनीलाई निर्देशन दियो । अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न यो आवश्यक भएको भन्ने मन्त्रालयको तर्क छ ।

आवश्यक तयारी गर्नुपर्ने वेलामा नगर्ने अनि अहिले अत्तालिएर बेतुकको निर्णय गर्दा झन कोलाहल भएको छ। निर्णयको २४ घण्टा नबित्दै अहिले फेरी सिसिएमसीले हेर्ने भनिएको छ। यसरी कहिले के कहिले के हचुवाको भरमा गरेको निर्णयले समाधान दिँदैन बरु झन समस्या बढाएको छ ।

त्यसैले;

१. अस्पतालमा अक्सिजनको आपूर्तिलाई तत्काल सहज बनाऊ, झन्झट नथप । अस्पतालमा अनुगमन गर्ने सम्बन्धित निकायले गर तर अक्सिजन सिलिन्डर भर्न मन्त्रालयको सिफारिस चाहिने अड्को थपेर अव्यवहारिक काम नगर।

२. कहीँ कतै अक्सिजन दुरुपयोग नहोस् भन्नेतर्फ मन्त्रालयले सोचेको हो भने पनि त्यसको अनुगमन गर्ने यो उपयुक्त बाटो होइन। त्यसका लागि मन्त्रालयले  सामुहिक टिम बनाएर प्रभावकारी रूपमा परिचालन गरी कुन अस्पतालमा शैया, बिरामी र अक्सिजनको अवस्था के छ, आवश्यकता के छ, ठिक ढङ्गले अस्पतालले उपचार गरेका छन् की छैनन् अनुगमन गर्नुपर्छ, कतै दुरुपयोग भएको रहेछ, मापदण्ड मिचिएको छ भने कारवाहीको दायरामा ल्याउनुपर्छ, दायरामा ल्याउँ। तर, आफ्नो अक्षमता लुकाउन बिरामीलाई थप सास्ती दिने काम नगर।

३. यस्तो बेतुकको निर्णयले कयौँ ठाउँमा बिरामीलाई भर्ना लिने ढोका समेत बन्द भएका छन्, दिएको सुविधा पनि घटाउन थालेका समाचारहरू आइरहेका छन्।कयौँ बिरामी घर फर्काइएको छ। यसको जिम्मा कसले लिने? अक्सिजन अभावका कारण हुने प्रत्येक व्यक्तिको मृत्युको जिम्मा यस्तो निर्णय गर्नेले लिनुपर्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -