काठमाडौ, आइतबार, २६ बैशाख २०७८ । नेपाली कां’ग्रेसका चर्चित युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरेर गम्भीर प्रश्न गरेका छन् ।
को’रोना भाइरस सं’क्रमणको म’हामारीमा अत्यावश्यक अक्सिजनको आपूर्तिमा समस्या देखिएपछि नेता थापाले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन् ।
सांसद थापाले सामाजिक सञ्जालमार्फत सोधेका छन्,
‘प्रधानमन्त्रीज्यू केही दिनअघिसम्म अक्सिजनमा समस्या छैन, सिलिन्डरको कमी हो, भर्न अभाव हुँदैन भनेर प्रचारबाजी हुँदै थियो । अहिले काठमाडौं बाहिर मात्र हैन, भित्रकै कयौं अस्पतालमा अक्सिजन पुनः भर्न नपाएर सञ्चालक र स्वास्थ्यकर्मी अत्तालिएका छन् । आजका दिनमा योभन्दा आकस्मिक कार्य के छ तपाईंको ?’









































