नयाँ दिल्ली, २५ बैशाख २०७८ । को’रोना भा’इरस (कोभिड–१९) महामारीको दोस्रो लहरको स’ङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख न’याँ सङ्क्रमित फेला परेका छन् । भारतमा यो सहित कूल सं’क्रमितको संख्या दुई करोड १८ लाख ९२ पुगेको छ ।
भारतमा लगातार तेस्रो दिन चार लाखभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप चार हजार १८७ जनाको कोभिड–१९ को सं’क्रमणबाट मृ’त्यु भएको छ । यो सहित भारतमा कोभिडको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या दुई लाख ३८ हजार २७० पुगेको हो ।
हाल विश्वमै कोभिड–१९ को सं’क्रमणबाट ज्या’न गुमाउनेको संख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ । संयुक्तराज्य अमेरिकामा पाँच लाख ९४ हजार तथा ब्राजिलमा चार लाख १९ हजारको ज्या’न गइसकेको छ ।








































