काठमाडौं, १९ वैशाख २०७८ । अष्ट्रेलियाबाट सिटी एक्सप्रेस मनि ट्रान्सफर मार्फत रकम नेपाल पठाउदा शुल्क नलाग्ने भएको छ । नेपालमा पुनः देखिएको कोभिड—१९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेट भित्र तुरुन्तैपु¥याउने योजना ल्याएको छ ।
सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहक वर्गले रकम पठाउदा नेपाल भरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ ।
रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी पठाउन सकिन्छ ।









































