- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

October 27, 2024
560
Shares

प्राइम कमर्सियल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

आज बिहान बसेको सञ्चालक समिति बैठकले सेयर धनीका लागि ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । उक्त लाभांश करसहित रहेको बैंकले स्पष्ट पारेको छ । ९७ करोड १ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने कम्पनीले जनाएको छ । यो लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीलाई प्रदान हुनेछ ।

बैंकको खुद ब्याज आम्दानी १६ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी पहिले १ अर्ब ९९ करोड रहेकोमा चालु आवको तीन महिनामा २ अर्ब ३३ करोड छ । नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । पहिले वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ७४ पैसा रहेकोमा अहिले २६ रुपैयाँ ५३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ छ ।

- ADVERTISEMENT -