सम्पत्ति शुद्धीकरण मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ दोषी ठहर भएका छन् ।
विशेष अदालका सूचना अधिकारी धनबहादुर कार्कीका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङसहितलाई दोषी ठहर गरी कसूर सजाय निर्धारणका लागि पेशी तोकिएको हो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय तेजनारायण सिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले आइतवार उनीहरूलाई दोषी ठहर गरेको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तामाङसहित उनकी श्रीमती सिर्जना शाक्य तामाङ तथा छोरीहरू प्रतीक्षा तामाङ, प्रतिष्ठा तामाङ, केशवलाल श्रेष्ठ र मिना कुमारी सहित ६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको थियो ।
विभागले २०७९ भदौ १६ गते मुद्दा दायर गरेको हो ।
तामाङमाथि आपराधिक लाभमार्फत् ३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको थियो ।
विभागले उनकी पत्नी सिर्जनासँग एक अर्ब ३ करोड रुपैयाँ बिगो मागदाबी गरेको थियो ।


















