टीकापुर, १९ बैशाख २०७८ । कैलाली जिल्लामा को´रोना स´ङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ ।
स´ङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको मृ´त्यु भएको छ ।
कैलालीका दुई महिला र एक पुरुष गरी तीन जनाको मृ´त्यु भएको छ । यस्तै कञ्चनपुरका पाँच पुरुष र एक महिला गरी छ जनाको मृ´त्यु भएको छ भने बझाङका एक जना पुरुषको मृ´त्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ ।
सुदूरपश्चिममा दैनिक को´रोना स´ङ्क्रमित सयौँ थपिन थालेका छन् ।








































