गोरखा, शनिबार, १८ बैशाख २०७८ । गोरखा जिल्लाको प्रवेशद्वार मझुवामा हेल्थडेक्स स्थापना गरिएको छ ।
कोरोनाको दोस्रो लहर फैलिएसँगै जिल्ला भित्रिनेहरुलाई सचेत रहन अनुरोध गर्ने, चेकजाँच गर्नका लागि हेल्थडेक्स राखिएको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले बताउनु भयो । अहिले पनि स्वास्थ्यकर्मी सहित नेपाल प्रहरी र सशस्त्र प्रहरी हेल्थडेक्समा खटिएका छन् ।
भारतबाट आएकाहरु, अन्य जिल्लाबाट आएकालाई चेकजाँच गरेर स्वास्थ्य अवस्थाबारे पनि हेल्थडेक्सबाट स्वास्थ्यकर्मीले जानकारी लिनेछन् । हेल्थडेक्स स्थापना र सञ्चालन गर्न नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाले सहयोग गरेको छ ।








































