Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३४:२० दिउँसो
- ADVERTISEMENT -

कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र

प्रकाशित मिति: २०७८ वैशाख ११, शनिबार

452
Shares

काठमाडौं, ११ बैशाख २०७८ । कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि उपत्यकाका कोभिड अस्पताल बिरामीले भरिएका छन् ।

अस्पतालमा आवश्यकताअनुसार हाइडिपेन्डेन्सी बेड र अक्सिजन ट्यांक थप्ने तथा जनशक्तिलाई तालिम दिने काम भइरहेको स्वास्थ्य सेवा विभाग उपचारात्मक शाखाका प्रमुख डा. प्रकाश बुढाथोकीले बताए। हाल स्टक रहेको अक्सिजनले दुई महिना मात्रै धान्ने अवस्था छ भने संक्रमणदर बढेपछि चार महिनासम्मलाई पुग्नेगरी खरिद गर्ने तयारी भइरहेको छ । यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अक्सिजन उत्पादक कम्पनीसँग छलफल गरेका छन् । कम्पनीले सरकारको लक्ष्यअनुसार अक्सिजन उत्पादन गर्न सक्ने जानकारी गराएका छन् ।

पर्याप्त अक्सिजनका लागि थप २ हजार सिलिन्डर किन्ने तयारी भएको डा।बुढाथोकीले बताए। व्यवसायीले आफैं किनेमा सरकारले कर छुट दिने अथवा सरकारले किनेर व्यवसायीलाई दिने सम्झौता भएको छ । सरकारले ३ सय नर्स, २ सय चिकित्सक र ५ सय स्वास्थ्यकर्मीलाई कोभिड उपचारका लागि भर्चुअल तालिम दिइरहेको छ । यस्तै गत वर्ष घोषणा भएका आइसोलेसन सेन्टरहरू आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुर, मनमोहन अस्पताल, दुवाकोट आइसोलेसन सेन्टर र खरिपाटी केन्द्रलाई पुनः तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।

हाल उपत्यकाका कोभिड अस्पतालमा सरकारले घोषणा गरेअनुसार ५० प्रतिशत बेड कोभिडको उपचारका लागि मात्र प्रयोग भइनसकेको र सामान्य लक्षण भएका बिरामीलाई पनि अस्पताल भर्ना गरेका कारण बेड अभाव देखिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। कृष्ण पौडेलले बताए ।

कोरोनाका बिरामीको उचित व्यवस्थापनका लागि सामान्य लक्षण भएकाको आइसोलेसन सेन्टरमा र गम्भीर लक्षण भएकाको अस्पतालका हाइडिपेन्डेन्सी युनिटमा उपचार गरिरहेको डा. पौडेलले बताए । ‘बढी लक्षण भएकालाई अक्सिजनबिना उपचार गर्न सकिन्न । सरकार अक्सिजन व्यवस्थापनको तयारीमा पनि छ’, उनले भने ।

देशभरिमा हाइडिपेन्डेन्सी बेड २ हजार, आइसियु बेड ५ हजार र भेन्टिलेटर एक हजार पुयाउनेगरी जडान गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । ‘पहिला नै प्रयोग भएका उपकरण हुन् । कोरोना संक्रमण बढेपछि धमाधम जोड्ने काम भइरहेको छ’, डा। बुढाथोकीले भने ।

संक्रमणदर २६.४७ प्रतिशत

गत २४ घण्टामा कोरोना संक्रमण दर २६.४७ प्रतिशत देखिएको छ । बिहीबारको तुलनामा यो दर ३.२ प्रतिशतले वृद्धि भएको हो । दुई सातायता दैनिक संक्रमण दर २ देखि ४ प्रतिशतले वृद्धि भइरहेको छ । गत चौबीस घण्टामा देशभरिमा ९ हजार ६ सय ६४ वटा नमुना परीक्षण गर्दा २५ सय ५९ जना संक्रमित भेटिएका छन् ।

चौबीस घण्टाभित्रमा देशभरिमा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २२ पुगेको छ । गत चौबीस घण्टामा ४ सय १० जना निको भएका छन् । हाल देशभरिमा १४ हजार ७ सय २४ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । तीमध्ये ११ सय ४६ जना संस्थागत आइसोलेसनमा छन् भने आइसियुमा १ सय ७३ र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नागरिक दैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -